एमसीसी अनुमोदन गर्ने पक्रियामा एमाले सहभागी हुँदैनः महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संसदमा अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश भएमा एमाले सो प्रक्रियामा सामेल नहुने बताएका छन ।

सर्लाही सदरमुकाम मलङ्गवामा  एमाले सर्लाहीको आठौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै महासचिव पोखरेलले एमसीसी संसदमा पेश भए पनि एमाले अनुमोदन गर्ने पक्रियामा सहभागी नहुने बताएका हुन । उनले प्रक्रियामै सामेल नुहने भएपछि एमालेले एमसीसीबारे के गर्छ भन्ने प्रश्नको अर्थ नहुने बताए ।

एमालेले कारवाहीको सिफारिस गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही गरेको सूचना प्रकाशन नगरेसम्म संसद बैठकमा सामेल नहुने निर्णयमा एमाले दृढ रहेको उनले प्रष्ट पारे । पोखरेलले एक जना न्यायाधीशमाथि मात्रै महाअभियोग लगाएर अदालत सुध्रिने अवस्था नरहेको बताए ।

अदालतलाई आफ्नो नियन्त्रणमा राख्ने, निर्वाचन सार्ने र अदालतमा एमालेले दर्ता गरेका मुद्दालाई प्रभावित पार्ने षडयन्त्रकासाथ प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता गरिएको महासचिव पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...

६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...