एमसीसी अगाडि बढाउने देउवाको तयारी



हाम्रो इकोनोमि

 

 

गत बुधबार शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधिसभाको बैठक आज पुनः बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल हुन्छ कि हुँदैन भन्ने आम चासो छ । यद्यपि, बैठकको कार्यसूचीमा भने एमसीसी समेटिएको छैन । यसर्थ आजको बैठकमा एमसीसी टेबुल नहुने स्पष्ट छ ।

तर, दलहरूबीच सहमति भएको खण्डमा आजै उक्त परियोजना अगाडि बढाउने प्रधानमन्त्री शेरबहादुर देउवाको अडान छ । बिहीबार साँझ बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले एमसीसी शुक्रबार पनि संसदमा टेबुल नहुने निर्णय गरेको छ । तर, सहमति जुटाउने आज शुक्रबार  पनि गठबन्धन दलहरूको बैठक बस्दैछ । जुन बैठकलाई ‘निर्णायक’ समेत भनिएको छ ।

संसद बैठकको कार्यसूची अनुसार आज प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७÷०७८ पेस गर्ने सम्भावित कार्यसूची छ । संसद् बैठकअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । त्यसले बैठकका कार्यसूची तय गर्नेछ । अवरोध खुलाउने विषयमा पनि छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस
सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...

६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...