संसद् भवनको गेटमै पुगे प्रदर्शनकारी
अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विभिन्न राजनीतिक दलको आह्वानमा संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ । नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेस्ट होटल अगाडि ठूलो संख्यामा जम्मा भएका प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका छन् । निषेधित क्षेत्र घोषणा गरेकाले प्रहरीले त्यसभन्दा अगाडि आउन दिएको छैन ।.
तर निजामती कर्मचारी अस्पताल नजिकैबाट प्रदर्शनकारीहरु संघीय संसद भवनको दक्षिण गेटसम्म पुगेर प्रदर्शन गरेका छन् । उनीहरुले एमसीसी खारेज गर्नुपर्ने भन्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारी संघीय संसदको गेटमै पुगेपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट लखेट्न पानीको फोहरा हानेको छ ।