एमसीसी बिरुद्ध संसदभित्रै एमालेको नाराबाजी



हाम्रो इकोनोमि

 

 

प्रतिनिधि सभाको आजको बैठक सुरू भएको छ । बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले नाराबाजी सुरू गरेका छन् । एमसीसी बिरुद्ध एमालेका सांसदले संसदभित्रै नाराबाजी गएका छन । सभामुख अग्नि सापकोटाले उनीहरूलाई अवरोध गरी बैठक चलाउन सहयोग गर्न अनुरोध गरेका छन्। एमाले सांसदहरूले नाराबाजी जारी राखेका छन्।

एमाले  सांसदको नाराबाजीबीच सभामुख सापकोटाले कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुलाई थारू आयोगको तेस्रो प्रतिवेदन पेस गर्न अनुमति दिएका छन्।

कानुन मन्त्री बडुले उक्त प्रतिवेदन पेस गरेका छन्। त्यसपछि सभामुख सापकोटाले तीन वटा शोक प्रस्ताव संसदमा पेस गरेका छन्। शोक प्रस्ताव पढ्दा एमाले सांसदले नाराबाजी रोकेका थिए।

प्रतिक्रिया दिनुहोस
सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...

६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...