रक्तदान कार्यक्रम सम्पन्न



हाम्रो इकोनोमि

 

 

 

अन्तर्राष्ट्रिय बालरोग क्यान्सर दिवसको अवसरमा ललितपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा १३० जनाले रक्तदान गरेको कृष्णकुमार गुप्ताले बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्नातक विद्यार्थी समाजले आयोजना गरेको रक्तदान कार्यक्रम डा।सुचारिका तुलाधरको अध्यक्षतामा सम्पन्न भएको हो ।

गुप्ताका अनुसार कार्यक्रमको प्रमुख अतिथि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा।डा। राजेशनाथ गंगोल रहेका थिए । कार्यक्रममा प्रा. डा. प्रकाशकुमार आचार्य, प्रा.डा.रवि शाक्य, प्रा. डा. पवन शर्मा, प्रा.डा. बालकृष्ण आचार्य, प्रा.डा. सरला केसी लगायतको विशेष सहभागिता रहेको थियो । सो अवसरमा चित्रकला प्रतियोगिता समेत भएको थियो । प्रतियोगितामा विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरिएको गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...