रक्तदान कार्यक्रम सम्पन्न



हाम्रो इकोनोमि

 

 

 

अन्तर्राष्ट्रिय बालरोग क्यान्सर दिवसको अवसरमा ललितपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा १३० जनाले रक्तदान गरेको कृष्णकुमार गुप्ताले बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्नातक विद्यार्थी समाजले आयोजना गरेको रक्तदान कार्यक्रम डा।सुचारिका तुलाधरको अध्यक्षतामा सम्पन्न भएको हो ।

गुप्ताका अनुसार कार्यक्रमको प्रमुख अतिथि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा।डा। राजेशनाथ गंगोल रहेका थिए । कार्यक्रममा प्रा. डा. प्रकाशकुमार आचार्य, प्रा.डा.रवि शाक्य, प्रा. डा. पवन शर्मा, प्रा.डा. बालकृष्ण आचार्य, प्रा.डा. सरला केसी लगायतको विशेष सहभागिता रहेको थियो । सो अवसरमा चित्रकला प्रतियोगिता समेत भएको थियो । प्रतियोगितामा विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरिएको गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...