उपराष्ट्रपति पुनको सात करोडको जग्गामा ‘हवेली’ निर्माण हुँदै



हाम्रो इकोनोमि

 

 

कैयन मानिस माओवादीले हिंसात्मक युद्ध गरेर पनि कुनै उपलब्धि नभएकोमा गुनासो गर्छन्, तर मुलुकका निम्ति दुःख–कष्टको एक प्रमुख कारण माओवादी युद्ध बनेको भए पनि स्वयम् माओवादी नेताका जीवनमा भने अकल्पनीय परिवर्तन आएको छ । अध्यक्ष प्रचण्डलगायत अधिकाङ्श नेताहरूको दिनचर्या मात्र नभइ पूरा जवनशैली नै बदलिएको छ । अरबी राजा–महाराजाको जस्तो सानदार तथा विलासीपूर्ण जीवन बिताउने इच्छा माओवादीका धेरैजसो नेताहरूले पूरा गरेका छन् ।

कुनै समय आफूलाई सर्वहाराकरण गरेको दाबी गर्ने नेताहरू यतिबेला आफ्नो सम्पत्तिको देखभाल गर्न कर्मचारी राख्ने स्तरमा पुगेका छन् । अरु त अरु दशवर्षे हिंसात्मक युद्धकालमा गुरिल्ला कमाण्डर भएर बिताएका र खुला राजनीतिमा आइसकेपछि पनि राजनीतिबाहेक कुनै व्यापार-व्यवसायमा नलागेका नन्दकिशोर पुन पासाङले समेत करिब सात करोडभन्दा बढी मूल्यको जमिनमा ‘हवेली’ निर्माण गराइरहेका छन् ।

उपराष्ट्रपतिको जिम्मेवारीमा रहेका नन्दकिशोरले यस्तो ठाउँमा जमिन लिएर घर बनाउँदैछन् कि जहाँबाट काठमाडौं उपत्यका र हिमालय श्रृङ्खलाको पूरै दृष्य देखिन्छ । चन्द्रागिरी नगरपालिकाको वडा नं. १ दहचोकस्थित इतिहासपुरुष वीर कालु पाण्डेको समाधिस्थलबाट पूर्वपट्टिको अति रमणीय स्थानमा दुई रोपनीभन्दा केही बढी जमिन खरिद गरेर घर निर्माण गरिरहेका नन्दकिशोर पुनको कार्यकाल अब एक वर्षभन्दा कम छ र, बाँकी जिन्दगी ‘आनन्द’सँग बिताउने योजनाका साथ उनले उक्त बङ्ला निर्माण गरेको त्यहाँ पुग्नेहरू जो-कोहीले महसूस गर्न सक्छन् । सो स्थानमा अहिले जमिनको मूल्य प्रतिआना पच्चीस लाख रुपैयाँ पर्दछ भने सोही स्थानको आसपासको भिरालो जमिनलाई समेत तेइस लाख प्रतिआनामा लेनदेन भएको स्थानीयहरू बताउँछन् ।

जीवनमा कहिल्यै कुनै व्यापार-व्यवसायमा नलागेका नन्दकिशोरले उपराष्ट्रपतिको जिम्मेवारी पाएपछि तलब, भत्ता र अन्य सुविधासहित गरी करिब दुई लाख रुपैयाँ प्रतिमहिना कमाइ गर्दै आएका छन् । उनको वर्षभरिको कमाइले उक्त स्थानमा एक आना जग्गा पनि खरिद हुन सक्दैन । तीन वर्षको (वैधानिक) कमाइ पूरै खर्च गरे पनि तीन आनाभन्दा बढी जमिन खरिद गर्न सकिँदैन । करोडौँको जमिन खरिद गरेर नन्दकिशोरले कसरी उक्त बङ्ला निर्माण गर्न सके, यो आफैंमा गम्भीर प्रश्न बनेर उभिएको छ । ‘पासाङ’ले घर निर्माण गरेसँगै उनको आँगनसम्म पुग्ने गरी यतिबेला सरकारी खर्चमा सडक ढलान गर्ने कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ

    महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित...

बागमती प्रदेशमा एमालेले १८ सीट जित्ने कैलाश ढुंगेलको दावी

    नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले फागुन २१ को...

राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...