एमसीसीको विपक्षीमा उभिने माओवादीको निर्णय



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेकै अवस्थामा एमसीसी संसद्मा टेबल गर्न नहुने अडान राखेपछि सरकार ढल्ने पक्का भएको छ । यसैबीच नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ ।

आज बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको कार्यव्यवस्थाको बैठकमा सहभागी नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...

६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...