देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, एमसीसी पास गर्ने सहमति



हाम्रो इकोनोमि

 

 

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल भएको छ । कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सकारात्मक छलफल भएको स्रोतले बतायो ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी अनुमोदन र प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावबारे छलफल भएको थियो । भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।

स्रोतले भन्यो– भोलि बोलाइएको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने विषयमा सत्ता घटकका शीर्ष नेताहरु सकारात्मक देखिएका छन् । तर त्यसलाई कसरी अगाडि बढाउने भन्नेबारे अझै केही दुविधाहरु बाँकी रहेकाले त्यसलाई हटाउने प्रयास जारी नै छ ।

सोमबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्नुपर्ने बताएका थिए भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संशोधन नभइ अनुमोदन गर्न नसकिने बताएका थिए । प्रचण्डको उक्त अभिव्यक्तिपछि कांग्रेसले पुरानो सहमतिबाट माओवादी पछि हटेको आशंका गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...

६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...