निर्वाचान सार्ने, एमसीसी पारित गर्ने देउवाको षड्यन्त्र : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोकेर नहिँड्ने बताउनु भएको छ । आज बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई एमालेले बोकेर हिँड्न नचाहेको बताउनु भएको हो । बैठकमा सांसदहरुले चोलेन्द्र शमशेर राणामाथिको महाभियोग र एमसीसीबारे पार्टीको धारणा स्पट हुनुपर्ने धारणा राख्नु भएको थियो । संसदीय दलको बैठकमा उहाँले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने समय र प्रवृत्तिको मात्र आफूहरुले विरोध गरेको बताउनु भयो ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अध्यक्ष ओलीले निर्वाचान सार्ने, एमसीसी पारित गर्ने र अदालतलाई गिजोल्ने मनसायले महाअभियोग प्रस्ताव आएको बताउनु भयो । ‘यतिवेला प्रधानन्यायाधीशका विरुद्ध महाभियोग प्रस्ताव निर्वाचनलाई सार्ने वा टार्न खोज्ने, एमसीसी जसरी पनि पारित गर्ने र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहने यो प्रवृत्तिको रुपमा आएको छ’ बैठकमा अध्यक्ष ओलीको भनाई उधृत गर्दै भट्टराईले भन्नभयो ‘यो व्यक्ति विशेष मात्रै होइन, समग्र लोकतन्त्र र संविधान माथिकै प्रहार हो ।’

त्यस्तै उहाँले चोलेन्द्रलाई बोकेर नहिँड्ने पनि प्रस्ट पार्नुभएको थियो । ‘एमालेको मनसाय चोलेन्द्रलाई बोकेर हिँड्नुपर्छ भन्ने होइन। उहाँसँग एमालेको धेरै असन्तुष्टि छन् । तैपनि यो वेलामा अदालत गिजोल्ने, निर्वाचन सार्ने र एमसीसी पास गर्ने उद्देश्यले आएको हो । आवश्यक परे सडक, संसदबाट प्रतिवाद गर्नुपर्छ ।’ बैठकले एमसीसीको बिषयमा सत्तापक्षले नै निर्णय लिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...