प्रधानन्यायाधीशमाथिको महाअभियोग न्यायालय कब्जा गर्ने प्रपञ्च : विष्णु रिजाल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीशमाथिको महाअभियोग न्यायालय कब्जा गर्ने प्रपञ्च भएको बताएका छन् ।

प्रधानन्यायाधीशविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै रिजालले महाअभियोगले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको समेत उल्लेख गरेका छन ।

उनले सरकारले न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने धृष्टता प्रकट भएको बताए । यसले स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको रिजालको भनाइ छ ।

सरकारले आफैँ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नुले प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको पनि रिजालको टिप्पणी रहेको छ । सरकारले सुरु गरेको महाअभियोगको सिलसिलाको असर तुरुन्तै देखा पर्ने रिजालले बताएका छन् ।

यस्तो छ रिजालको स्टाटसः

प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ ।
यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ । स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ ।
प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ ।
सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखा पर्नेछ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...