शिक्षण संस्था आजदेखि खुले



हाम्रो इकोनोमि

 

 

कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शिक्षण संस्था आजदेखि खुल्दै छन् । एक महिनादेखि बन्द विद्यालयमा आजदेखि भौतिक उपस्थितिमै पठनपाठन हुँदैछ । आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय जानेछन् भने १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनु पर्ने सरकारको निर्णय छ ।

१२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना विरुद्धको खोप दिएर भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न लागिएको हो । १२ वर्षदेखि मुनिका बालबालिकालाई भने खोप दिन बाँकी छ । यसले गर्दा उनीहरुलाई आलोपालो गरेर पठनपाठन गर्ने सरकारले निर्णय गरेको हो ।

१२ वर्षमुनिका बालबालिकालाई पनि खोप दिन तयारी भइरहेको सरकारले जनाएको छ । गएको हप्ता कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आजदेखि खुलाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । त्यही सिफारिसअनुसार विद्यालय खुल्न लागेका हुन् ।

यसैबीच, आजदेखि खेलकुद, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै खुल्दै छन् । कोरोना भाइरसको जोखिम केही कम भएसँगै बन्द भएका विद्यालय र व्यापार व्यवसाय खुल्न लागेका हुन् । कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हल पनि आजैदेखि खुल्ला हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...