कोरोना खोप हराएको होइन : मन्त्री खतिवडा



हाम्रो इकोनोमि

 

 

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले २४ लाख डोज कोरोना खोप नहराएको स्पष्टीकरण दिएका छन् । आफूले गरेका कामका उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले खोप नहराएको बताएका हुन् ।

बाटोमा भएको ग्याप र खेर गएको खोपको तथ्यांक आउन बाँकी रहेको उनले बताए । खोप खोजीका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय समितिले छानबिन गरिरहेको उनले बताए । समितिलाई दुई हप्ताको समय दिइएको छ ।

‘केन्द्रले प्रदेशमा, प्रदेशले जिल्लामा, जिल्लाले स्थानीय तहमा कति पठाएको छ त्यसको रिपोर्ट समितिले फागुन २ गते भित्र तयार पार्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...

रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...