निर्वाचन केन्द्रीत भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोली स्थनीय तहको निर्वाचनका बिषयमा पार्टीका केन्द्र र प्रदेशका नेताहरुलाई भर्चुअल सम्बोधन गर्नुहुने भएको छ ।

प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पार्टीले आयोजना गर्न लागेको स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको तयारी स्वरुप भोलीको कार्यक्रम हुन लागेको हो ।

भुर्चअल बैठकमा केन्द्रीय कमिटीका पदाधिकारी,सदस्यहरु,प्रदेश कमिटीका पदाधिकारी,संघीय र प्रदेश सभासदस्यहरु र जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणका लागि तोकिएका सहभागी हुनुहुनेछ । एमालेले पार्टी अध्यक्षको भर्चुअल सम्बोधन देशभर सुन्न सकिने ब्यवस्था गरेको जनाएको छ ।

महासचिव शंकर पोखरेलले वर्तमान परिस्थिति र स्थानिय तहको निर्वाचनको तयारीका सन्दर्भमा आज दिउसो १ बजे पार्टी अध्यक्ष ओलीले भर्चुअल माध्यमवाट प्रशिक्षण मुलक मन्तव्य सहित प्रदेशस्तरमा हुनगइरहेको प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्नुहुने बताउनु भएको छ ।

महासचिव पोखरेलका अनुसार आईडि प्राप्त भएका सबै सहभागिहरु १२.३० देखि प्रत्यक्षरुपमा जोडिनेछन भने जिल्ला कमिटीहरुले एकै ठाउमा वसेर सुन्ने व्यवस्था मिलाउन सक्नेछन । अन्यले दिउसो १ बजेवाट सुरुहुने लाईभ कार्यक्रम पार्टीको फेसवुक पेज लगायत अन्य माध्यमवाट हेर्न र सुन्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...