सभामुख सापकोटालाई काभ्रेमा कालो झण्डा



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुका नेता कार्यकर्ताले काभ्रेमा सभामुख अग्नि प्रसाद सापकोटालाई कालोझण्डा देखाएर लेखेटेका छन । उनीहरूले धुलिखेलस्थित बिपी राजमार्गमा सभामुख सापकोटालाई कालो झण्डा देखाएउँदै लखेटेका हुन ।

उनीहरूले एमसीसीको खारेजी, एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त गर्न, अर्जुन लामा हत्याको फरार अपराधी भएको भन्दै सापकोटा माथि कारबाहीको माग गर्दै सामाजिक बहिष्कारको अभियान चलाउने बताए । काभ्रेको सारथी होटलमा आयोजना गरिएको सातै वटा प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सभामुख सापकोटालाई युवा विद्यार्थीले कालो झण्डा देखाएका हुन ।

विरोध पछि आन्दोलनकर्मी र सुरक्षाकार्मी बीच झडपसमेत भएको थियो । झडपमा नेकपा एमाले काभ्रेका युवा नेता विष्णु काभ्रेली, राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष, सागर रायमाझी, अनेरास्ववियु जिल्ला ईन्चार्ज शालिकराम पराजुली, अनेरास्ववियु काभ्रेका सचिव मिलन गौतम र उपसचिव युवराज दाहाल घाईते भएका छन् । युवा विद्यार्थीले गरेको विरोधमा जिल्ला सुरक्षा समन्वय समितिले नेपाली सेनानै परिचालन गरेको थियो ।

कार्यक्रम पश्चातको कोण सभामा राष्ट्रिय युवा संघ काभ्रेका संयोजक सागर रायमाझी र विद्यार्थी नेता सालिकराम पराजुली सम्बोधन गरेका थिए । उनले अपराधिलाई नेताको व्यहार गर्न नसकिने भन्दै गाउँगाउँमा भण्डाफोर अभियान चलाउने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...