नेपालको हवाइ क्षेत्र इयुको उडान सुरक्षा सूचीबाट हटाउन मन्त्री आलेको आग्रह



हाम्रो इकोनोमि

 

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि इरोपियन युनियनका राजदूत नोना डिप्रेजले आज सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । आज सोमबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा मन्त्री आलेले राजदुत डिप्रेजलाइ नेपालको हवाइ क्षेत्र इरोपियन युनियनको उडान सुरक्षा सूचीमा रहेकाले उक्त सूचीबाट हटाउन आग्रह गर्नुभयो । मन्त्री आलेले भन्नुभयो, “इयुको उडान सुरक्षा सूचीमा नेपालको हवाइ क्षेत्र रहेको छ, हामीले उक्त सूचीबाट हटाउन बिभिन्न काम गरेका छौँ, तपाइँले पनि हटाउनका लागि सहयोग गरिदिनुस् ।”

 

सोही भेटघाटका क्रममा मन्त्री आलेले नेपालको हवाइ सुरक्षा क्षेत्र थप सुधार गर्न तथा उडान सुरक्षामा नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको जानकारी गाराउनुभयो । यसैगरी मन्त्री आलेले नागरिक उड्डयन क्षेत्रको अलवा संस्कृति तथा पर्यटन क्षेत्रको प्रबद्धन तथा विकासका लागि इरोपियन युनियनसँग नेपालले सहकार्य गर्न चाहेको धारणा राख्नुभयो । उक्त भेटघाटका क्रममा राजदुत डिप्रेजले इरोपियन युनियन नेपालको उडान सुरक्षालाई सुदृढ गर्न सहयोग गरीरहेको र भविष्यमा पनि सहयोग गरीरहने जानकारी गराउनुभयो ।

 

नागरिक उड्डयन क्षेत्रमा नियमन र सेवा प्रदान गर्ने अलग अलग निकाय स्थापनाका लागि राजदुत डिप्रेजले आग्रह गर्नु भएको थियो । हाल सम्म उडान सुरक्षा क्षेत्रमा नेपालले गरेको प्रगतीको प्रसंसा गर्नु हुँदै राजदुत डिप्रेजले भन्नुभयो, “हवाइ सुरक्षा क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको छ, आफ्नोतर्फबाट सकारात्मक प्रयास गर्छु ।” नेपालको उडान सुरक्षा अवस्थाको स्थलगत अवलोकनका लागि इयुको प्राबिधिक टोलीलाई यथासिघ्र अवलोकनका लागि बोलाउन आग्रह गर्ने समेत राजदुत डिप्रेजले आस्वासन दिनुभयो । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...