एमालेमै फर्किए ललितपुरका पुराना नेता रामकृष्ण हुमागाईं



हाम्रो इकोनोमि

 

 

ललितपुरका पुराना नेता रामकृष्ण हुमागाईं फेरि एमालेमा फर्किनुभएको छ । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाटपछि उहाँ एमाले पार्टीमा फर्कन राजी हुनुभएको हो । एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमागाईंसँग सघन वार्तापछि उहाँ एमालेमा फर्कन तयार भएको बताउनु भयो । ‘हामी उहाँलाई पार्टीकै महत्वपूर्ण जिम्मेवारी दिँदैछौं,’ अध्यक्ष आचार्यले भन्नुभयो ।

गत निर्वाचनमा प्रदेश सासंदको उम्मेदवारी दिने लगभग पक्का भएको अवस्थामाा उहाँले टिकट नपाउदा असन्तुष्ट बन्नुभएको थियो । तत्कालीन समयमा माओवादी केन्द्रसँग पार्टी एकता हुँदा उहाँले कुनै जिम्मेवारी नपाएपछि असन्तुष्ट हुँदै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । कांग्रेसको जिल्ला अधिवेशनमा उहाँ आन्तरिक प्रतिश्पर्धा प्राथमिकतामा नपर्दा निराश हुनुभयो । केही समयअघि उहाँले सामाजिक सञ्जालमा लेख्दै पार्टीमा नरहेको घोषणा गर्नुभएको थियो ।

 

बालकोटमा राति अवेरसम्म भएको छलफलमा संघीय सासंद नवराज सिलवाल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, स्थायी कमिटी सदस्य सुशीला नेपाललगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...