वैशाखमा स्थानीय तहको निर्वाचन गर्नुपर्छ : ढकाल



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का नेता भानुभक्त ढकालले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । एमालेका पत्रकारको संगठन प्रेस चौतारीको २४ औं स्थापना दिवसमा मोरङमा आयोजित कार्यक्रममा बोल्दै उनले वैशाखभित्र निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

स्थानीय तहको निर्वाचित जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिने बताउँदै उनले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका हुन् । संविधान र कानुनले स्थानीय तहको रिक्ततालाई व्याख्या नगरेको बताउँदै पदावधि सकिन २ महिनाअघि निर्वाचन गर्नुपर्ने बताए ।

अवधि सकिएको ६ महिनापछि चुनाव गर्नुपर्ने तर्क गलत रहेको उनको भनाइ  छ । यसैबीच, प्रेस चौतारीको स्थापना दिवसको अवसरमा मोरङ शाखाले कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार नेत्र पि अधिकारी र घनश्याम भण्डारीलाई प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउन आवश्यक छ : सभापति थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउनुपर्ने आवश्यक...

टिकट वितरणमा आर्थिक चलखेल भएको भन्दै रास्वपा मधेश प्रदेश सभापतिको राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेशकी संस्थापक सभापति ममता शर्माले राजीनामा दिएकी...

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

     अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको...

एमाले उम्मेदवार महेश बस्नेतलाई नगदेशवासीले भने : भक्तपुर नदेखेको, नटेकेको र भक्तपुर नबुझेको व्यक्तिलाई भोट दिदैनौ

–   मध्यपुरथिमि नगरपालिका वडा नं. ७ नगदेशको परम्परागत शैलीमा निर्माण भएको आकर्षक...