कांग्रेस–माओवादीमा पहिरो, पाँच सय बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस परित्याग गरी पाँच सय नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले नवलपुरको कार्यालय उद्घाटन तथा आठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।

नेकपा ( माओवादी केन्द्र) नवलपुरका सचिवालय सदस्य नारायण प्रसाद लोहनी, पूर्वपिएलएका सदस्यहरुसहित माओवादीका तीन सयको संख्यामा कार्यकर्ताहरु र त्यस्तै नेपाली काँग्रेसबाट दुई सयको संख्यामा एमाले प्रवेश गरेका हुन् । एमालेका केन्द्रीय सदस्यत्रय तिलक महत, रविन्द्र अधिकारी, कृष्ण पौडेल, प्रदेश सचिवालय सदस्य रोशनबहादुर गाहामगरले उहाँहरुलाई टीका खादा लगाएर एमालेमा स्वागत गर्नुभएको थियो ।

कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यबिन्दु नगरपालिका र गैंडाकोट नगरपालिकाबाट उहाँहरु एमाले प्रवेश गरेका गरेको एमालेका युवा नेता एवम् जिल्ला कमिटि सदस्य विद्रोही गिरीले जानकारी दिनुभयो । एमालेको राष्ट्रियता प्रतिको अडान र विकासको मोडेल मन परेर एमाले प्रवेश गरेको नारायणप्रसाद लोहोनीले बताउनुभयो।

फागुन सम्म एमाले प्रवेशको अभियान सञ्चालन गर्ने पार्टीको निर्देशन अनुसार एमाले नवलपुरले पार्टी प्रवेश अभियानलाई निरन्तरता दिने एमाले नवलपुर अध्यक्ष मुक्तिराम पाण्डेले बताउनुभयो । सोही अवसरमा जनवर्गीय संगठनहरुले रक्तदान कार्यक्रम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउन आवश्यक छ : सभापति थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउनुपर्ने आवश्यक...

टिकट वितरणमा आर्थिक चलखेल भएको भन्दै रास्वपा मधेश प्रदेश सभापतिको राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेशकी संस्थापक सभापति ममता शर्माले राजीनामा दिएकी...

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

     अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको...

एमाले उम्मेदवार महेश बस्नेतलाई नगदेशवासीले भने : भक्तपुर नदेखेको, नटेकेको र भक्तपुर नबुझेको व्यक्तिलाई भोट दिदैनौ

–   मध्यपुरथिमि नगरपालिका वडा नं. ७ नगदेशको परम्परागत शैलीमा निर्माण भएको आकर्षक...