एमसीसीले सत्तासीनलाई बर्बराउने नै बनाएछ : बास्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताले सत्तारुढ दलहरूलाई बर्बराउने नै बनाएको बताएका छन् ।

गठबन्धनले सत्तामा पुग्नका लागि ‘चिम्टा बनाएको’ एमसीसी अहिले उनीहरूका लागि नै सनासो भएको टिप्पणी उनको छ । ‘एमसीसीको सन्नीपातले सत्तासीनलाई बर्बराउने नै बनाएछ,’ बास्कोटाको टिप्पणी छ, ‘सम्झौता गर्ने उनै हुन् बहुमत उनैसँग छ । सेप्टेम्बर ३ को कायनबाचा उनैले गर्या हुन् ।’

एमसीसी पारित गराउन चुनौती दिँदै उनले भनेका छन्, ‘द्विपक्षीय विषय बहुपक्षीय बनाउने महान कुटनीतिक सफलता उनैको हो । हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौ, आज आफैलाई सनासो भो ।’ बास्कोटाले एमसीसीको भित्री रहस्य नेपाली जनतालाई थाहा भएको भन्दै सत्तागठबन्धनले रमिता देखाइरहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...