प्रधानमन्त्रीसामू माधव-प्रचण्डको यस्तो प्रस्ताव



 

 

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) बिरुद्ध कडा ढंगले प्रस्तुत हुनुभएका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अन्ततः एमसीसी नेपालकोहितमा रहेको ठहरसहित संसदबाट पारित गर्ने निश्कर्षमा पुग्नुभएको छ । एमसीसी पास नगरे गठबन्धन टुटने प्रधानमन्त्री शेरबहादुर देउवाको चेतावनीपछि सरकारमा बसिरहन एमसीसी नेपालकै हितअनुकुल रहेको निश्कर्षमा दाहाल र नेपाल पुग्नुभएको हो ।

प्रचण्ड र माधवले आगामी चुनावमा कांग्रेसले आफूहरुलाई अहिले प्राप्त सवै तहको पदमा सहकार्य गरी जिताइ दिनुपर्ने र एमसीसीमा पास गर्नुअघि फेस सेभिङ गरिदिनु पर्नै दुई बिन्ती भने प्रधानमन्त्री देउवासामू बिसाउनु भएको छ । बुधवार साँझको छलफलमा प्रचण्ड र माधवले देउवासामू यस्तो बिन्ती राख्नुभएको हो । सत्ता गठबन्धनका तीन नेताबीच गठबन्धन बलियो बनाउने र एमसिसी संसदबाट पास गर्ने सहमति भएको कांग्रेस नेताहरुले बताएका छन । प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच बुधबार दिउँसो र साँझ गरी दुई चरणमा बालुवाटारमा छलफल भएको थियो।

छलफलमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाले वर्तमान सत्ता गठबन्धनलाई संसदीय चुनावसम्मै लैजान आफू प्रतिबद्ध रहेकोमा आश्वस्त गराउनु भएपछि एमसीसी पास गर्न प्रचण्ड माधव सहमत हुनुभएको गठबन्धनका एक नेताले  बताउनु भयो । एमसिसीको निकासबारे उपाय खोज्न साँझ फेरि तीन दलका शीर्ष नेता बालुवाटारमा बस्नुभएको थियो । सो छलफलमा एमसिसी फिर्ता पठाउन नहुनेमा तीनै जना नेताबीच सहमति जुटेको हो ।

यसअघि माघ १६ गते साँझ प्रधानमन्त्री निवास बालुवाटारमा तीनै दलका शीर्ष नेता र एमसिसीबारे अध्ययन गर्न गठित समितिका सदस्यहरू झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबिच एमसिसीबारे छलफल भएको थियो। प्रधानमन्त्रीले संसदबाट एमसिसी तुरून्तै पास गरेर जानुपर्ने प्रस्ताव राखेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले यथास्थितिमा एमसिसी पास गरेर जान नसकिने अडान लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमालेले कीर्तिपुरको मेयर र दुई वडाध्यक्षमा दियो उम्मेदवारी

    कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता

जिसस कैलाली प्रमुखमा एमालेले कांग्रेसलाई सहयोग गर्ने

     जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको

आजदेखि निर्वाचन आचारसंहिता लागू

    आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ

रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना