माओवादी अध्यक्षसहित सिंगो गाउँ नै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रप्रति नेता–कार्यकर्ताको बिश्वास गुम्दै गएको पाइएको छ । आइतवार अर्घाखाँचीको मालारानी गाउपालिकामा माओवादीका अध्यक्षसहित ५० घरपरिवारका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्दै यस्तो तथ्य खुलाएका हुन ।

प्रचण्डले मुलुकको बिकास र समृद्धि रोकेको र बिदेसीको इसारामा चलेर नेपालमा सधै अस्थिरता निम्त्याउने खेलको खलनायक बनेको भन्दै मालारानी वडा नं ३ का माओवादी केन्द्रका अध्यक्ष रोमाहर्ष खनालको नेतृत्वमा ५० घर परिवार एमालेलमा समाहित हुनुभएको हो । खनालको नेतृत्वमा गाउँपालिकाका सदस्यहरु समेत एमालेमा प्रवेश गरेका छन ।

यस्तै नेपाली कांग्रेसका स्थानीय हस्तीहरु पनि एमालेमा प्रवेश गरेका छन । आइतवार आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादीका खनालसहित सिंगो टीम र कांग्रेसका चर्चित नेता एमालेमा प्रवेश गर्नुभएको हो । प्रवेश गर्नेमा बाबुराम खनाल, लेखनाथ घिमिरे, साबित्रा खनाल, माधव खनाल, महेन्द्र चौहानलगायत ५० घर परिवार रहेका छन । उहाँहरुलाई एमाले सचिव टोपबहादुर रायमाझीले पार्टीमा स्वागत गर्नुभएको छ ।

सचिव रायमाझीसँगै एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज चन्द्रबहादुर खडका, उज्वल, केन्द्रीय सल्लाहकार पिताम्बर भुसाल, जनार्दन खनाल, तेजबहादुर रायमाझी, शम्भु पोखरेल, सालिकराम आचार्य, लिलबहादुर बिक, तिलक मिश्र, बालकृष्ण शर्मा आचार्यलगायतका नेताहरुले स्वागत गर्नुभएको छ । नवप्रवेसीहरुले एमाले अध्यक्ष केपी ओलीको नेतृत्व र एमालेको सरकारले मात्रै मुलुक बनाउने कुरा प्रमाणित भइसकेको कारण आफूहरु प्रवेश गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
नेकपाका वडाध्यक्ष सीताराम तामाङ एमाले प्रवेश

  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटमा पहिरो गएको छ । दुप्चेश्वर गाउँपालिका–१, ग्याङफेदीका...

भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुकुम्वासी, गरिबहरूको पक्षमा आफ्नो पार्टीको...

झापा ५ मा एमाले युवाको मार्चपास

    आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरि नेकपा एमालेले बुधबार...

पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउन आवश्यक छ : सभापति थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउनुपर्ने आवश्यक...