स्थानीय तहको निर्वाचन मिति घोषणा गर : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचन मिति अविलम्ब घोषणा गर्न सरकारलाई सचेत गराउनु भएको छ । सत्तारुढ गठबन्धनले चुनाव सार्ने षडयन्त्र गरिरहेको बेला जनदवावका कारण जेठभित्रै निर्वाचन गर्ने सहमति गरेपनि सरकारले निर्वाचनको मिति घोषणा नगरेपछि महासचिव पोखरेलले तत्काल निर्वाचनको मिति घोषणा गर्न ध्यानाकर्षण गराउनु भएको हो ।

सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले निर्वाचन आयोगको सिफारिस, संविधानको मूल मर्म र स्थानीय निर्वाचन ऐन– २०७३ को व्यवस्थाबमोजिम चुनाव गर्न सरकार र सत्ता गठबन्धनलाई सुझाउनु भएको हो ।

‘निर्वाचन आयोगको सिफारिस, संविधानको मूल मर्म र स्थानीय निर्वाचन ऐन– २०७३ को प्रबन्धअनुसार स्थानीय तह निर्वाचनको मिति अविलम्ब घोषणा गर,’ एमाले महासचिव पोखरेलले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...