समाचारको शक्ति : साउदीको कोठाभित्र बिरामी भएर छटपटाइरहेका नेपालीको मन्त्रीको पहलमा उद्धार



हाम्रो इकोनोमि

 

 

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियो आएपछि उद्धारका लागि पहल गर्नुभएको छ । उहाँले उपचार र उद्धारका लागि पहल गरेपछि साउदी अरेबियास्थित नेपाली दूतावासले तत्कालै चासो दियो ।

शनिवार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक जाजरकोटका आइस राना पीडाले छटपटाइरहेको तस्वीर र भिडियो प्रकाशित भएको थियो । आइतवार नेपाली दूतावासका कर्मचारी र श्रम सहचारी सहितको टोली उहाँ रहेको स्थानमा गएर उहाँको अवस्थाबारे जानकारी लिएको छ ।

श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोली राना भएको ठाउँमा गइ उपचारका लागि स्थानीय अस्पतालमा लग्नुभएको सुखद खबर आएको छ । नेपाली दूतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रवन्ध गर्दै आएको थियो ।

आठमध्ये एकजना नेपाल फर्किसक्नुभएको छ भने अन्य छ जना मंगलवार नेपाल फर्कने तयारीमा हुनुहुन्छ । रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको थियो । तर, उहाँमाथि पुलिस केस भएकोले एक्जिट भिसाको लागि समय लाग्ने नेपाली दूतावासले जनाएको छ ।

 

उहाँ बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि नेपाली दूतावासले आइतवार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताउनुभयो ।रानाको अवस्था अहिले सामान्य रहेको पोखरेलले बताउनुभयो । जनबोलीलाई प्राप्त भिडियो यस्तो थियो ।

प्रतिक्रिया दिनुहोस
पोल्ट्री व्यवसायीको माइतीघरमा आन्दोलन

    पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् । साना किसानको विस्थान बन्द गर्नु...

चार पाङ्ग्रे साना सवारीलाई नागढुङ्गा सुरुङमार्ग खुला

    नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

अनलाइन व्यापार गर्नलाई अनिवार्य दर्ता हुन सरकारको निर्देशन

    सरकारले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल र विभिन्न एप वा...