बाल बेचबिखनदेखि अभिनेत्रीलाई आफ्नै फर्म हाउसमा गाडेको आरोपपछि सलमान खान बोले
बलिउड अभिनेता सलमान खानमाथि गम्भीर आरोप लागेको छ । बलिउड अभिनेता सलमान खान र उनका छिमेकीबीचको झगडा अहिले चर्चामा छ । विवाद दिन प्रतिदिन बिग्रदै गएको छ । सलमानले छिमेकीलाई मानहानीको मुद्दा हालेका छन् । हालैको सुनुवाइमा सलमानका तर्फबाट उनका वकिलले उनका छिमेकीहरूले अनावश्यक रूपमा उनको धर्मलाई यस झगडामा तानेको बताएका हुन् ।
सलमान खानको फार्महाउसको छेउमा जग्गा लिने केतन कक्कडले युट्युब च्यानलमा विभिन्न आरोप लगाएपछि विवाद सुरु भएको थियो । त्यसपछि सलमानको तर्फबाट उनीविरुद्ध मुद्दा दायर गरिएको हो । सलमान खान र उनका छिमेकी केतन कक्कडबीचको विवाद विगत केही दिनदेखि चर्चामा छ । लाइभ लको रिपोर्टका अनुसार सलमानका वकिल प्रदीप गान्धीले बिहीबार अदालतमा केतन कक्कडको पोस्ट र अन्तर्वार्ता पढे । उनले भने कि केतनले सलमानलाई डी ग्याङको आडमा रहेको आरोप लगाएका छन् ।
उनले सलमानको धर्मबारे पनि टिप्पणी गरेका छन् । केन्द्रीय पार्टी र प्रदेश तहका राजनीतिज्ञहरूसँग पनि आफू नजिक रहेको बताए । यति मात्र होइन, सलमान खानमाथि बाल बेचबिखन, एक अभिनेत्रीलाई फार्म हाउसमा नै गाडेको आरोप लगाइएको छ ।
त्यसको जवाफमा खानले सबै आरोप उनको दिमागको उपज भनेका छन् । जसको कुनै प्रमाण सलमान खानका छिमेकीसँग छैन । सम्पत्तिको विवादमा खानको व्यक्तिगत छवि बिर्गान खोजेको उल्लेख गरिएको छ । सलमान खानले भनेका छन, ‘मेरो धर्ममा किन हस्तक्षेप गर्छौ ? मेरी आमा हिन्दू, मेरो बुबा मुस्लिम र मेरा भाइहरूले पनि हिन्दूसँग विवाह गरेका छन् । हामी सबै चाडपर्व मनाउँछौं ।’
सलमानले अगाडि भनेका छन्, ‘तिमी शिक्षित व्यक्ति हौँ, यस्तो आरोप लगाउने अपराधी होइन । आजकल सबै भन्दा सजिलो कुरा केहि मान्छे जम्मा सामाजिक सञ्जालमा जानु र रिसाउनु हो ।’ सलमानले आफूलाई राजनीतिमा जाने कुनै इच्छा नभएको पनि बताए । सलमानले आफ्नो गुनासोमा युट्युबरसँग कुरा गर्दा केतनले आफूविरुद्ध आपत्तिजनक टिप्पणी गरेको बताएका छन् ।