बिप्लवका प्रभावशाली नेता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीका प्रभावशाली नेता एमाले प्रवेश गरेका छन । एमाले महासचिव शंकर पोखरेल गृहजिल्ला दाङ आएको बेला बिप्पलव समुहका प्रभावशाली नेता सहदेब थारु बिहानी एमाले प्रवेश गर्नुभएको हो ।

घोराही १४ निवासी थारुलाई एमाले महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले अविर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ । महासचिव पोखरेलसँगै अन्य नेताहरुले पनि उहाँलाई एमालेमा स्वागत गर्नुभएको छ । नेपाली कम्युनिष्ट आन्दोलन र समृद्धीको अभियानमा सघाउन आफू एमाले रोज्न पुगेको थारुले बताउनु भयो ।

‘एमालेबाहेक अरु दलबाट मुलुकको उन्नती संभव छैन भन्ने तथ्यहरु प्रष्ट भइसकेपछि अरु दलतिर बसिरहनुको औतित्य छैन भनेर नै यो पार्टी रोजेको हो,’ एमाले प्रवेश गरेपछि थारुले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...