प्रधानमन्त्रीको मौनता विडम्बनापूर्ण : ज्ञवाली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले डा. सीके राउतलाई दिएको सार्वजनिक धम्की आपराधिक र बर्बरतापूर्ण भएको बताएका छन् । यस्तो गम्भीर विषयमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन बस्नु बिडम्बनापूर्ण रहेको उनले बताएका छन् ।

मधेश बलिदान दिवसको अवसरमा बिहीबार रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मन्त्री यादवले सीके राउतलाई ज्यान लिने धम्की दिएकी थिइन् ।

त्यसप्रति आपत्ती जनाउँदै पूर्वमन्त्री ज्ञवालीले लेखेका छन्, ‘एकजना मन्त्रीले शान्तिपूर्ण विरोधमा उत्रिएका राजनीतिक दलका नेताहरूलाई अर्को ‘गौर नरसंहार’गराएर हत्या गर्ने खुला धम्की दिनु जति आपत्तिजनक, आपराधिक र बर्बरतापूर्ण छ, यति गंभीर विषयमा सम्बन्धित दल र प्रधानमन्त्रीको मौनता उत्तिकै बिडम्बनापूर्ण छ ।’ उनले अपराधलाई दुरूत्साहन गर्ने सबै गतिविधि बन्द हुनुपर्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...