तराई-मधेसमा माओवादीमा पहिरो, एमालेमा प्रवेश गर्नेको लर्को



हाम्रो इकोनोमि

 

 

रौतहटमा नेकपा माओवादी केन्द्रबाट मात्रै नभई जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जनप्रतिनिधिसमे एमाले रोज्न थालेका छन । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेपाली क्रान्ति र समृद्धि अभियान अघि बढन नसक्ने भन्दै प्रभु साहले नेकपा एकताको निरन्तरताका रूपमा एमाले रोजेसँगै रौतहटमा अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरुको लहर नै चलेको हो ।

यही क्रममा रौतहटमा निर्वाचित अधिकांश जनप्रतिनिधिले एमाले रोजिसकेका छन् । पछिल्लो समय जसपा र लोसपाका नेता कार्यकर्तासँग साहले संवाद बढाइरहेका बेला दोवाही गोनाही नगरपालिका १ का वडाध्यक्ष शेखर नुरुल्लाह आफ्नो सिंगो टीमसहित नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

तत्कालीन मधेशी जनअधिकार फोरमबाट निर्वाचित वडाध्यक्ष नुरुल्लाह हाल जसपामा हुनुहुन्थ्यो । सो क्षेत्रका लाृकप्रिय नेताका रुपमा परिचित नरुल्लाह शनिवार एमाले प्रवेश गर्नुभएको हो । उहाँलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा स्वागत गर्नुभएको छ ।

मौलापुर नगरपालिका २ मर्यादापुरमा नवनिर्मित एकीकृत दलित बस्तीको उद्घाटन तथा घर हस्तान्तरण कार्यक्रममा साहसहित पुग्नुभएका नेताहरुले उहाँलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...