बतासले कब्जा गरेको पशुतपति धर्मशाला फिर्ता ल्याउने तयारी, मन्त्री आले पशुपति जाँदै



हाम्रो इकोनोमि

 

 

सरकारले बतास समूहले कब्जा गरेको पशुपतिको धर्मशाला पनि फिर्ता लिने तयारी थालेको छ । भारत सरकारले पशुपति आउने तिर्थयात्राीका लागि निर्माण गरिदिएको धर्मशाला बतासले कब्जा गरेर होटल आनन्द चलाइरहेको छ भने उसको आफ्नो कार्यालय पनि त्यहीँबाट सञ्चालन गरिरहेको छ ।

पशुपति क्षेत्र विकास कोषको १९ रोपनी जग्गामा भारतीय सहयोगमा निर्माण भएको ३ तलाको ४ सय बेड रहेको ‘पशुपति धर्मशाला’मा बतासले कब्जा गरेको हो । उक्त धर्मशालाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

करिब ३४ करोड रूपैयाँमा निर्माण भएको धर्मशाला कौडीमा भाडामा लिएर उसले सम्झौता विपरित संरचनाहरू परिवर्तन गरेर होटल चलाइरहेको छ। पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाइ मोटो रकम दिएर बतासले सम्झौता विपरितको काम गरेको हो ।

आइतबार संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्री प्रेम बहादुर आले धर्मशालाको निरीक्षणमा जाँदैछन । नारायणहिटी दरबार संग्राहलयबाट बतासलाइ निकालेका आलेले धर्मशालाबाट पनि बतासलाइ हटाउन चाहेको मन्त्रालय स्रोतले जनाएको छ । उनी बिहान ११ बजे सञ्चारकर्मीसहित त्यहाँ पुग्दैछन ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...