जब म फुच्चे केटासँग डेटिङ गएँ…
लेट्स ट्राई यार !
के ?
डेट जा त्योसँग !!
चुप ओइ बच्चासँग डेट जाने देखिस !!
ओइ सुन, प्रियंका कार्की र प्रियंका चोपडाले तेस्तै बच्चा भन्या भए आज यति खुशी भएर बाँच्थे ?
ओइ मलाई कुनै प्रियंका हुनु छैन । जबरजस्ती नगर।
उस्ले मलाई उचाली रहेको थिई । तर मैले उसलाई रोक्ने कोशिस गरिरहेको थिएँ । ऊ जबरजस्ती कसैसँग डिनर डेट जानको लागि मेरो हेयर स्टाइलदेखि मेकअपसम्म गर्दिरहेको थिई । म चुपचाप बसिरहेको थिएँ ।
बेला बेलामा झर्को मान्दै भनिरहेको थिएँ- तँ आज जुन कुरामा मलाई फोर्स गरिराको छस नि यो वाईहात हो। मलाई तैले हासोको पात्र बनाइरहेको छस !
हया चुप लागेर जान हु नोज भोलि के हुन्छ !
म उसकैलागि भए पनि जबरजस्ती गैदिएँ ।
लगभग एक बर्षअघि कुनै सुन्दर बगैंचामा भेटिएको गुलाबको सुन्दर फूल जसलाई टपक्क टिपेर कसैको शिरमा लाइदिने अनि त्यसको सुगन्ध हराएपछि निकालेर फोहोरको कन्टेनरमा फालिदिने बास्नादार फूल त नभनौं ऊ स्वच्छ अनि सफा मनले भगवानलाई चढाउने सयपत्री फूल थियो। जो ओइलाएपछि फोहोरको कन्टेनरमा हैन, गंगाको स्वच्छ पानीमा बगेर जाओस । बगैंचामा फ़क्रक्क फुलेको सुन्दर फूल भन्दा सुन्दर थियो, उसको त्यो क्यूट फेसमा देखिने मायालु हाँसो । उफ कसरी तारिफ गरौ ! अनि, अनि उसको त्यो मख्खै पार्ने मिठो बोली।
फूलैफूलले सजिएको त्यो बगैंचामा रमाउँदै हामी हिडिरहेको थियौं ।
उस्ले मलाई अनुरोध गर्यो, एउटा सेल्फी लिउँ ?
साथीहरुको आँखा छल्दै उस्ले आफ्नो मोबाइलबाट सेल्फी लियो। सायद उस्लाइ पनि म मन परेको हुनसक्छ ! त्यो मेरो अनुमान हो। अरुको मनको कुरा कस्ले जान्ने ! खैर जो होस एक अर्काको मोबाईलमा केही तस्बीरहरु कैद गर्दै हामी अन्त्यमा खाजा खाएर सबैजना आफ्नो घरतर्फ लाग्यौं ।
बाउआमाको जमाना भए त्यो दिन छुटेको ऊ जिन्दगीको कुनै मोडमा फेरी भेटिन्छ भेटिन्न अत्तोपत्तो हुँदैन थियो होला तर हामी परेम इन्टरनेटको जमानाको भाग्यमानी मान्छे, दिउँसो छुट्यो बेल्का इंस्टाग्राममा फलो गर्यो अनि शुरूभयो हाम्रो बार्तालाप ।
उस्ले बेल्का मेसेज गर्दै भन्यो – किप योर माईन यू आर सो ब्यूटीफूल !
मैले मसक्क मस्केको इमोजीका साथ भनिदिएँ – थैंक यू ।
एउटा बन्द किताब थिए म, म चाहन्न थिएँ उस्ले मलाई खोलेर पढोस ! बेला बेलामा मेसेज गर्थियो म हासेर जवाफ दिन्थें ।
एकदिन उस्ले मलाई भन्यो, म तिमीलाई अझै धेरै बुझ्न चाहन्छु। हँ, म झस्किए ! ऊ मलाई बुझ्न चाहन्थियो तर म उस्लाइ बुझाउनै चाहन्न थिएँ, कस्तो अप्ठेरो परिस्थिति ! म सोसिअल मिडियाकै माध्यमबाट आफ्नो बन्द्ग किताबको एक पेज भएपनि ऊसँग इनडाईरेक्ट्ली सियर गर्न चाहन्थें । एकदिन उसको मेसेजबाट लाग्यो उस्ले मलाई थोरै भएपनि बुझ्यो, उफ लामो सास लिएँ मैले !
लगभग केहि महिनापछि फेरी ऊ सँग भेट भयो कुनै पहाडको उचाईमा। जहाँबाट तल हेर्दा देखिने दृश्य साँच्चै मनमोहक थियो त्यो दृश्य भन्दा पनि सुन्दर त उसको इंनोसेन्ट फेसमा देखिने हासो नै थियो मेरो लागि !
साथीहरुको भिडमा ऊ मेरोलागि कुनै खास ब्यक्ति त थिएन तर उस्ले बेला बेलामा गर्ने प्रश्न, आर यू ओके ? हुँ ! लाग्थ्यो, ऊ मेरो लागि कोही स्पेशल पर्शन हो, जसले मेरो कियरिंग गरिरहेको छ ।
उसको म प्रतिको नजिकता बुझेर नै होला मेरो साथीले ऊ संग एकचोटी डेट जानकोलागि मलाई रिक्वेस्ट गरिरहेको थी। तर म रेडी थिएन। फेरी भित्र मनदेखि ऊ संग भेट्न कुरा गर्नै मन नलागेको पनि हैन। एक मनले लागिरहेको थियो ऊ संग भेटौ मनको सबै कुरा साटौ फेरी अर्को मनले भइरहेको थियो त्यो वर्थइट छैन। त्यही पनि म गए। गाडीमा रोमान्टिक म्यूज़िक बझिरहको थियो त्यही गीतको बिच बीचमा उस्ले मलाई केहि प्रश्नहरु गरिरहेको थियो तर थाहा छैन म कहा हराइरहेको थिए मेरो मुखबाट एक शब्द पनि निस्किरहेको थिएन म पूरा साइलेन्ट थिए। एत्तिकैमा रेस्टुरेन्ट आइपुग्यो सबै कपल्स एक अर्काको हात होल्ड गर्दै भित्र प्रबेश गरिरहेको थिए त्यो भिडमा हामी अन्जान जस्तै थियौं ।
रेस्टुरेन्टको माहोल अली फरक थियो अनि हामीसँग गर्नको लागि केहि कुरा पनि थिएन आर्डर गरेको खाना पनि जति चाडो सकाएर त्यहाबाट भागौ लागिरहेको थियो । नि:शब्द खाना खाएर त्यहाबाट निसकेउ हामी गाडीमा श्याने वार्डको, आई डोन्ट वाना रन अवे बेबी यू आर द वान आई नीड टुनाइट नो प्रोमिसेस गीत बजीरहेको थियो एक्कासि उसको घरबाट कल आयो, उसको कुरा गराइबाट लागिरहेको थियो उसको लागि परिवारमा बिबाहको कुरा चलिरहेको छ ।
मैले प्रश्न गरेँ, के हो तिम्रो बिहा हुन लाग्या छ की के हो ? उस्ले हास्दै भन्यो परिवारबाट कुरा आइरहेको छ सायद चाडै हुन सक्छ । हाहा म मन मनै उस्लाइ भइरहेको थिए, सफल तिम्रो त्यो जी जिन्दगीलाई यो दुःखीको बधाई छ, अधिकार मेरो केहि छैन अब ढुकढुकि फेरी तिम्रो सुनने, बेवारिसे लास भए म कोही छैन मलाई आफ्नो भन्ने !!