माओवादीका नेता लामिछानेसहित सयौँ कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

माओवादी केन्द्रका नेता रघुनाथ लामिछानेसहित विभिन्न पार्टीमा सक्रिय हेटौंडाका नेता–कार्यकर्ताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।मंगलबार बकैया–१० को कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ती नेता–कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरूमा कार्यक्रममा नेकपा माओवादी र नेपाली कांग्रेसका नेताहरू छन् । सो कार्यक्रममा बुद्धिमान दियाली, सुमित्रा दियाली, सोमबहादुर बिक, सूर्य वाईवा, सुनमाया स्याङ्तान, गोकुल खड्कालगाएत एक दर्जन एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर सह–इन्चार्ज तथा मकवानपुर क्षेत्र नंबर १ का सांसद कृष्णप्रसाद दाहालले टीका र खादा लगाएर एमालेमा स्वागत गरेका छन् । पार्टी प्रवेश गर्नेहरूले जनताको भविष्यका आफूहरू एमालेमा प्रवेश गरेको बताएका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै माओवादीबाट एमालेमा प्रवेश गरेका लामिछानेले आफू पुनः एमालेमा फर्किएको बताए । लामिछानेले पहिलेनै एमालेमा रहेको विभिन्न कारणका कारण माओवादीमा लागेको तर पछिल्लो राजनीतिक घटनाक्रम र जनताको भविष्यका लागि पुनः एमालेमै फर्किएको स्पष्ट पारेका छन् ।

गाउँको एक दर्जन भन्दा बढी समस्याको समाधानको लागि पहल गर्नुपर्ने बताउँदै उनले उक्त समस्याको पहल माओवादीबाट हुन नसक्ने निष्कर्षका साथ आफू एमालेमै फर्किएको उनको भनाइ छ । उनले एमाले सरकारले मात्र जनताको समस्या समाधन हुनसक्ने बताएका छन् । उनले बकैया–१० को सबै क्षेत्रमा सडक, विद्युतीकरण, स्वास्थ्य र स्तरीय शिक्षाका लागि पहल गर्न समेत ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
नेकपाका वडाध्यक्ष सीताराम तामाङ एमाले प्रवेश

  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटमा पहिरो गएको छ । दुप्चेश्वर गाउँपालिका–१, ग्याङफेदीका...

भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुकुम्वासी, गरिबहरूको पक्षमा आफ्नो पार्टीको...

झापा ५ मा एमाले युवाको मार्चपास

    आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरि नेकपा एमालेले बुधबार...

पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउन आवश्यक छ : सभापति थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउनुपर्ने आवश्यक...