एमालेले पायो ५२ जिल्लामा नयाँ नेतृत्व



 

 

नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको पाँचौ दिन मंगलबार बिहानसम्म ५२ जिल्लाको नयाँ नेतृत्व चयन भएको छ । पछिल्लोपटक सिरहामा विन्देश्वर मण्डल सर्वसम्मत र ताप्लेजुङमा भुपेन्द्र थेबे निर्वाचनको प्रक्रियाबाट अध्यक्ष हुनुभएको छ । आज दैलेख, कास्की, जाजरकोटलगायतका जिल्लामा मतदान हुँदैछ ।

सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरू भएको छैन । केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदान गरिएको छैन भने अध्यक्षमात्र सर्वसम्मत भएका जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिएका छन् ।जिल्ला अधिवेशनबाट प्रायः नयाँ अनुहार अध्यक्षमा आएका छन् । अध्यक्षमात्र होइन पदाधिकारीमा पनि नयाँ युवाले प्रवेश पाएका छन् ।

यी हुन् हालसम्म निर्वाचित ५२ जिल्लाका अध्यक्षमा प्रदेश १ को झापामा दीपक कार्की, मोरङमा ऋषिकेश पोखरेल, खोटाङमा रामप्रसाद दंगाल, धनकुटामा इन्द्रमणि पराजुली, तेह्रथुममा तेजमान कन्दङवा, पाँचथरमा राजकुमार भण्डारी, भोजपुरमा शरणकुमार राई, इलाममा महेश बस्नेत, सोलुखुम्बुमा डुफकुमार बास्तोला, उदयपुरमा प्रमेश्वर घिमिरे, ओखलढुंगामा शंकर कटुवाल, ताप्लेजुङमा भुपेन्द्रबहादुर थेबे अध्यक्ष भएका छन् ।

यस्तै प्रदेश २ को सप्तरी जिल्लामा ताराकान्त चौधरी, सिरहामा बिन्देश्वर मण्डल अध्यक्ष बन्दा वागमती प्रदेशको धादिङमा भूमि त्रिपाठी, काभ्रेपलाञ्चोकमा अशोक ब्यान्जु, भक्तपुरमा बचन देउजा, रसुवामा कर्णेल तामाङ, रामेछापमा आनन्दकुमार श्रेष्ठ, नुवाकोटमा बद्री मैनाली, मकवानपुरमा एकलाल श्रेष्ठ, काठमाडौंमा दीपक निरौला, ललितपुरमा पुरुषोतम आचार्य, सिन्धुलीमा कुमारबहादुर कार्की, दोलखामा नरबहादुर श्रेष्ठले बाजि मारेका हुन् ।

यता गण्डकी प्रदेशको गोरखा जिल्लामा प्रेम गुरुङ, तनहुँमा श्रीप्रसाद श्रेष्ठ, म्याग्दीमा देवेन्द्र केसी, लमजुङमा कृष्णप्रसाद अधिकारी, बागलुङमा हिराबहादुर केसी, पर्वतमा राजु पौडेल, नवलपुरमा मुक्ती पाण्डे अध्यक्ष बन्दा लुम्बिनीको पाल्पामा धनेन्द्रराज घिमिरे, गुल्मीमा बालकृष्ण काउछा मगर, अर्घाखाँचीमा पिताम्बर भुसाल, बाँकेमा किस्मत कुमार कक्षपती, बर्दियामा लालबहादुर श्रेष्ठ, दाङमा हुकुमबहादुर बस्नेत, रुपन्देहीमा तेजेन्द्र केसी, कपिलवस्तुमा डम्मर शर्मा (निर्वाचित), नवलपरासी ९पश्चिम०मा दीपेन्द्र अधिकारी (निर्वाचित), प्युठानमा बिजयविराज विष्ट अध्यक्ष चयन भएका हुन् ।

यस्तै कर्णालीको डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन मगर, जुम्लामा शान्तिलाल महत, रुकुममा नन्दराम देवकोटा अध्यक्ष हुँदा सुदूरपश्चिमको डडेल्धुरामा प्रकाश साउद, बैतडीमा सुरेन्द्र पाल, डोटीमा चक्र मल्ल र कैलालीमा रतन थापाले अध्यक्षमा बाजि मारेका हुन् ।

यता गैरभौगोलिक जिल्ला अन्तरगत मजदूर विशेषमा जितेन्द्र श्रेष्ठ र पेशागत विशेषमा उमेश ढकाल अध्यक्ष चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
एमालेले कीर्तिपुरको मेयर र दुई वडाध्यक्षमा दियो उम्मेदवारी

    कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता

जिसस कैलाली प्रमुखमा एमालेले कांग्रेसलाई सहयोग गर्ने

     जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको

आजदेखि निर्वाचन आचारसंहिता लागू

    आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ

रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना