साउदी अरबको राजकुमारी जेल मुक्त



हाम्रो इकोनोमि

 

साउदी अरबमा एक जना राजकुमारी तीन वर्षपछि जेलबाट रिहा भएकी छन्।

समाचार संस्था रोयटर्सका अनुसार ५७ वर्षीया राजकुमारी बसमाह बिन्त साउद बिन अब्दुलाजिज अल-साउद र उनकी छोरी रिहा भएकी हुन्।

उनीहरूलाई तीन वर्षअघि बिनाकारण पक्राउ गरेर जेलमा राखिएको थियो।

‘बिनाकारण राखिएको जेलबाट दुई जना महिला रिहा भएका छन् र बिहीबार जेदाहस्थित आफ्नो घरम आइपुगेका छन्,’ राजकुमारीका कानुनी सल्लाहकार हेनरी एस्ट्रामान्टले भनेका छन्,‘राजकुमारीलाई सञ्चै छ तर उनको स्वास्थ्य परीक्षण गर्नुपर्ने छ। उनी थकित छन् तर उत्साहित छन् र छोरासँग पुनर्मिलन हुन पाउँदा खुसी छन्।’

साउदी सरकारले भने उनको रिहाइबारे केही प्रतिक्रिया दिएको छैन। यसअघि पनि सरकारले राजकुमारी र उनकी छोरीलाई किन जेलमा राखिएको हो भन्नेबारे सार्वजनिक जानकारी दिएको थिएन।

२०२० मा राजकुमारी बसमाहले सामाजिक सञ्जालमार्फत् आफू र छोरीलाई राजधानी रियादको जेलमा राखिएको र आफू बिरामी भएको  बताएकी थिइन्।

राजकुमारी बसमाह अहिलेका राजा सलमानका दाइकी छोरी हुन्। उनले आफूलाई किन जेलमा राखिएको भन्नेबारे शाही अदालतमा बेलाबेलामा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गरेकी थिइन्।

२०१९मा पक्राउ पर्दा राजकुमारी बसमाह स्वास्थ्य उपचारका लागि स्विट्जरल्यान्ड जान लागेकी थिइन्।

उनी साउदी अरबमा मानव अधिकारको विषयमा आवाज उठाउँथिन्। त्यही कारण उनलाई पक्राउ गरिएको हुन सक्ने अनुमान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...