२३ जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेको पुस २३ मा एकै पटकअधिवेशन उद्घाटन भएका ६१ जिल्ला मध्ये २३ वटा जिल्लामा नेतृत्व सर्वसम्मत भएको छ । नेकपा एमालेको केन्द्रीय प्रचार विभागका अनुसार अहिलेसम्म भौगोलिक २१ र गैर भौगोलिक २ गरी २३ मा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

२२ वटा जिल्लाको नेतृत्व घोषणा भैसकेको छ भने नुवाकोटको सचिव र उपसचिवको व्यक्ति नटुंगिदा अहिले बिहान १० बजेसम्ममा घोषणा गर्ने तयारी भएको छ । यद्यपी अध्यक्षमा बद्री मैनाली र उपाध्यक्षमा बुद्धी प्रधान सर्वसम्मत भैसकेका छन ।

यी हुन एमालेको नेतृत्व सर्वसम्मत भएका जिल्लाहरू

१। झापा(–दीपक कार्की
२। पाल्पा– धनेन्द्रराज घिमिरे
३। दाङ– हुकुमबहादुर बस्नेत
४। डोल्पा– शेरबहादुर बुढा
५। सल्यान– गोविन्द पुन
६। बर्दिया– लालबहादुर श्रेष्ठ
७। बॉके– किस्मतकुमार कक्षपति
८। धादिङ– भूमि त्रिपाठी
९। अर्घाखाची– पीताम्बर भुसाल
१०। मोरङ– ऋषिकेश पोखरेल
११। काभ्रे–अशोक ब्याञ्जु
१२। भक्तपुर– बचन देउजा
१३। गुल्मी– बालसिंह काउछा
१४। खोटाङ– रामप्रसाद दंगाल
१५। सप्तरी– ताराकान्त चौधरी
१६। तनहुँ– श्रीप्रसाद श्रेष्ठ
१७। धनकुटा– इन्द्रमणि पराजुली
१८। रसुवा– कर्णेल लामा
१९। नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी
२०। कपिलवस्तु– डम्बर शर्मा
२१। नुवाकोट–बद्री मैनाली
विशेष जिल्ला कमिटी
१। मजदुर विशेष–जितेन्द्र श्रेष्ठ
२। पेशागत विशेष– उमेश ढकाल

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...