प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भेटघाट



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदको गतिरोध अन्त्यका लागि विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय समन्वय समितिको बैठकमा संसदको गतिरोध अन्त्यबारे छलफल भएको थियो । बैठकले एमाले अध्यक्ष ओलीलाई भेटेर गतिरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको छ ।

एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल भन्छन्, ‘आजभोलि नै प्रधानमन्त्रीले विपक्षी दलको नेतालाई भेट्नु हुन्छ र संसदको अवरोध अन्त्यका लागि आग्रह गर्नुहुन्छ ।’ उनका अनुसार प्रधानमन्त्रीले ओलीलाई भेटेपछि पाँचदलीय समन्वय समितिको बैठक बस्नेछ र संसद कसरी चलाउने भनेर छलफल गर्नेछ ।

बैठकमा राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको थियो । १२ माघमा हुने निर्वाचनका लागि पाँचदलीय गठबन्धनले सिट भागवण्डा गरेर उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचनलाई लक्षित गरेर जिल्ला जिल्लामा समन्वय समिति बनाउने समेत छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
नेकपाका वडाध्यक्ष सीताराम तामाङ एमाले प्रवेश

  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटमा पहिरो गएको छ । दुप्चेश्वर गाउँपालिका–१, ग्याङफेदीका...

भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुकुम्वासी, गरिबहरूको पक्षमा आफ्नो पार्टीको...

झापा ५ मा एमाले युवाको मार्चपास

    आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरि नेकपा एमालेले बुधबार...

पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउन आवश्यक छ : सभापति थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउनुपर्ने आवश्यक...