सांसद लामाको नेतृत्वमा ५० नेता एमालेमा



हाम्रो इकोनोमि

 

 

हुम्लामा माओवादी केन्द्र नेता बिहीन हुन पुगेको छ । पूर्व सांसद छिमी दोर्ची लामाको नेतृत्वमा जिल्लास्तरीय सबै नेता एमाले प्रवेश गरेपछि माओवादी नेता बिहीन बन्न पुगेको हो । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीका पूर्वसदस्य तथा २०६४ सालको संविधानसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने सभासद् छिमी दोर्ची लामाको नेतृत्वमा जिल्लाका महत्वपूर्ण नेताहरू नेकपा (एमाले) मा प्रवेश गरेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बुधबार बालकोटमा लामा लगायतका नेतालाइ अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन । प्रवेश गर्नेमा माओवादीका कर्णाली प्रदेश कमिटीका छ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्यलगायत रहेका छन ।

नेकपा (एमाले) रोजेर समयमै सही निर्णय गरेको नवप्रवेशी नेताहरूलाई धन्यवाद दिंदै अध्यक्ष अाेलीले भने, ‘प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ । हेर्दै जानुहोला- त्यसको हालत कुनै बेलाको पेरूको साइनिङ पाथको जस्तो हुनेछ ।’

उक्त अवसरमा पार्टीका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहइन्चार्जद्वय दल रावल र दल फडेरालगायतका नेताहरू उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...