प्रचण्डको गोजीमा १४ पदाधिकारीको नाम



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा चुनावी प्रक्रिया रोकेर केन्द्रीय कमिटी घोषणा गरे । केन्द्रीय कमिटी घोषणा गर्दा आफूले रुचाएकाहरुलाई स्थान दिए । जसमा उनका विश्वासपात्रहरु बढी थिए ।

माओवादीमा पहिलोपटक केन्द्रीय कमिटीको चुनाव हुने सम्भावना बढेको थियो । यसमा धेरैको चासो बनेको थियो । तर, अन्तिम समयमा प्रचण्डले चुनाव रोकेर केन्द्रीय सदस्यको घोषणा गरेका थिए ।

प्रचण्डले आफ्नो गोजीबाट केन्द्रीय सदस्यको नाम निकाले । यसबाट उनले कम्युनिस्ट पार्टीमा अध्यक्षले जे भन्छ त्यही हुन्छ भन्ने सन्देश दिए । अर्को सन्देश उनले माओवादीमा कुनै गुट छैन भन्ने सन्देश दिए । गुट निर्माणको माहोल बन्न दिएनन् ।

माओवादीभित्र प्रचण्डको एकछत्र राज फेरि स्थापित भएको छ । अध्यक्षमा पनि उनी सर्वसम्मत चयन हुनु स्वाभाविक थियो । केन्द्रीय कमिटी नै उनको गोजीबाट निस्किएको थियो । प्रचण्ड नै माओवादी र माओवादी नै प्रचण्ड हो भन्ने सन्देश गयो ।

माओवादीमा बाँकी १४ पदाधिकारीमा पनि प्रचण्डले जे चाहन्छन् त्यही हुने निश्चित जस्तै छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा प्रचण्डले नाम तयार गरिसकेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, वर्षमान पुन, जर्नादन शर्मा, पम्फा भुसाल, मातृका यादव, देव गुरुङ, लिलामणि पोखरेलको सम्भावना बढी छ । महासचिवमा शक्तिबहादुर बस्नेतको सम्भावना बढी देखिएको छ । प्रचण्डले वर्षमान या कृष्णबहादुर महरालाई लाने सम्भावना पनि छ । शक्ति बस्नेत उनको विश्वासपात्र भएकाले बढी सम्भावना देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...