एमालेले टुङ्ग्यायो राष्ट्रियसभाका १९ उम्मेदवार (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि १९ जना उम्मेदवारको टुङ्गो लगाएको छ । सोमबार तुलसीलाल आमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकले उम्मेदवारहरुको टुङ्गो लगाएको हो । एमालेले प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । त्यसैगरी प्रदेश २ बाट असर्फी यादव, विना र साहलाई उम्मेदवार बनाएको छ ।

वागमती  प्रदेशमा गोपाल शाक्य र निरकुमारी कुँवरलाई उम्मेदवार बनाएको एमालेले  गण्डकी प्रदेशमा गोविन्द बहादुर नेपाली, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।  यसैगरी लुम्विनी प्रदेशमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेका छन् भने कर्णाली प्रदेशबाट पदमबहादुर माझी, जमुना थापा र चूडामणि शर्मालाई उम्मेदवार बनाएको छ । सुदुरपश्चिम  प्रदेशमा नरेश विक, सन्तोषकुमारी शर्मा र डिल्लीराज भट्टलाई उम्मेदवार बनाएको बैठकमा सहभागी एक नेताले बताए ।

फागुन २० पछि एमालेले जितेका ८ सिटसहित कुल १९ स्थान रिक्त हुँदैछन् । एमालेतर्फका प्रदेश १ बाट तीनजना राष्ट्रियसभा सदस्य पदमुक्त हुँदैछन् । त्यस्तै, प्रदेश २, लुम्विनी, सुदुरपश्चिम र कर्णालीबाट एमालेका एक÷एक सीट खाली हुन लागेका छन् । माघ १२ मा हुने राष्ट्रिसभाको चुनावमा एमालेले आफ्नो पुरानो ८ सीट जोगाउनुपर्ने चुनौती छ ।

यसअघि एमालेले जितेका ८ सीट

१.सुमनराज प्याकुरेल प्रदेश २

२.रामलखन चमार लुम्विनी

३. परशुराम मेघी गुरुङ, प्रदेश १

४.नैनकला ओझा प्रदेश १

५.चक्र प्रसाद स्नेही, सुदुरपश्चिम

६.कोमल वली लुम्विनी

७.कविता वोगटी, कर्णाली

८.अगमप्रसाद वान्तवा प्रदेश १

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...