६४ प्रतिशत वामपन्थीको सरकार ढालेर समाजवाद आउँदैन : ओली



हाम्रो इकोनोमि

 

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद नआउने बताएका छन् । काठमाडौँमा सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद नआउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका हुन् ।

माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदन र प्रचण्डको राजनीतिक चरित्रमाथि टिप्पणी गर्दै ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद नआउने बताएका हुन् ।

प्रचण्डको पहलमा साविक नेकपाको सरकार ढालेर कांग्रेस नेतृत्वमा सरकार बनाएको भन्दै आक्रोश व्यक्त गर्दै आएकाले ओलीले प्रचण्डको राजनीतिक दस्तावेजमाथि पनि खरो टिप्पणी गरेका हुन् ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन गरिएको थियो । नेकपा अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर देउवा नेतृत्वको सरकार बनाउन प्रचण्ड र तत्कालीन नेकपा नेता माधवकुमार नेपालको हात रहेको ओलीको बुझाइ छ ।

आफू नेतृत्वको तत्कालीन सरकारलाई ६४ प्रतिशत वामपन्थीहरुको समर्थन रहेको स्मरण गराउँदै ओलीले भने, ‘नेकपाको सरकारलाई वामपन्थीहरूको ६४ प्रतिशत समर्थन थियो । त्यही सरकार ढाल्ने, पार्टी फुटाउने, कम्युनिष्टलाई कमजोर बनाउने अनि त्यसपछि समाजवादको कुरा गर्ने ? यही हो नयाँ समाजवादको बाटो ?

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...