एमालेका सबै कार्यक्रममा महिलालाई मञ्च र मन्तव्य अनिवार्य



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका २२ जनवर्गीय संगठनले अब गर्ने कार्यक्रमा मञ्चमा अनिवार्य रूपमा एक जना महिला अतिथि राख्नुपर्ने र मन्तव्य दिनेको सूचीमा समेट्नुपर्ने भएको छ । जनसंगठन समन्वय संयन्त्रले जनसंगठ प्रभावकारी बनाउनका लागि गठन गरेको कार्यादलले तयार पारेको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।

यही पुसको १२ र १३ गते लुम्बिनीमा भएको प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठकमा महिला नेतृहरूले मञ्च र मन्तव्यमा महिला अनिवार्य हुनुपर्ने माग गरेपछि संयन्त्रका संयोजक एवं पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकालले माग पूरा गराउने कुरामा आफू गम्भीर रहेको बताएका थिए ।

सोमबार ढकाल संयोजक रहेकै कार्यदलले तयार पारेको मस्यौदामा पूर्व प्रतिवद्धता अनुसार सबै जनसंगठनको कार्यक्रम हुँदा मञ्च र मन्तव्य दुबैमा महिला सहभागिता अनिवार्य गर्ने विषय उल्लेख गरिएको कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलले वरिष्ठ उपाध्यक्ष भन्ने पद खारेज गर्दै १७ जना भन्दा बढी पदाधिकारी बनाउन नपाउने र केन्द्रीय कमिटी पनि १५१ सदस्यीय र २९९ सदस्यी भन्दा ठूलो बनाउन नपाउने गरी मस्यौदा तयार पारेको छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...