प्यूठानमा कांग्रेस र माओवादीका सयौं जना एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

प्यूठानको सरूमारानीमा कांग्रेस र माओवादीका १२९ जना एमाले प्रवेश गरेका छन् । आइतबार सरूमारानी गाउँपालिका(६ किमिचौर, प्यूठानमा आयोजित पार्टी प्रवेश तथा वडा जनसभा कार्यक्रममा पाङकोट, पाङवाङ, रज्जे, गोद्धारा, जुकेपानीलगायत गाउँबाट १२९ जना माओवादी केन्द्र र एक जना नेपाली काँङग्रेसका कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

नव प्रवेसीहरुलाई एमालेका स्थायी कमिटी सदस्य मणिचन्द्र थापा, पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापा, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हरि रिजाल र पार्टी जिल्ला अध्यक्ष तुल्सीराम शर्माले स्वागत गर्नुभएको थियो ।

एमाले प्रति जनताको आकर्षण बढ्दै गएको र सिंगो जिल्लाभरमै प्रवेशको कार्यक्रमलाई तिब्रता दिईने योजना रहेको नेताहरुले बताएका छन् । एमालेको देशव्यापी पार्टी प्रवेशको कार्यक्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...