सौर्य एयरलाइन्सका स्टेसन म्यानेजर पौडेल पनि पक्राउ



हाम्रो इकोनोमि

 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५० लाख रुपैयाँ बरामद प्रकरणमा सौर्य एयरलाइन्सका स्टेसन म्यानेजर पनि पक्राउ परेका छन् । आइतबार एयरलाइन्सको विराटनगर विमानस्थलका स्टेसन म्यानेजर प्रकाश पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त रकम सहित एयरलाइन्सकी एक महिला कर्मचारी काठमाडौं सिनामंगल बस्ने मोरङ विराटनगर महानगरपालिका-४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेल शनिबार बिहान पक्राउ परेकी थिइन् । काठमाडौं कार्यालयमा एसिस्टेन्ट पदमा कार्यरत ति महिलालाई प्रहरीले विमानस्थलको आन्तरिक टर्मिनलतर्फको कन्वेयरबेल्ट भएको स्थानबाट आज विहान पक्राउ गरेको हो ।

सौर्य एयरलाइन्समार्फत शनिबार विराटनगरबाट काठमाडौं पठाइएको उक्त रकम लिन महिला कर्मचारी आफै पुगेकी थिइन् । प्रहरीका अनुसार १ हजार दरका ४ हजार ९ सय ५० वटा र ५ सय दरका एक हजार वटा नोटसहित महिला कर्मचारीलाई पक्राउ गरिएको हो । रकमको स्रोत खुल्न नसकेको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...