काग्रेसले पार्टी कार्यालयमा विपीको फोटो हैन प्रचण्डको फोटो टाँस्नु : रविन्द्र मिश्र



हाम्रो इकोनोमि

 

 

विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेपाली काग्रेसको पार्टी कार्यालयमा विपी कोइरालाको फोटो हटाएर प्रचण्डको फोटो राख्न सुझाव दिनुभएको छ । नेपाली काग्रेस विपी कोइरालाको मार्गदर्शनबाट सम्पुर्ण रुपमा च्युत भएको भन्दै मिश्रले अहिले काग्रेस माओवादीको एजेण्डमा अघि बढको बताउनुभयो । माओवादीको एजेण्डा अनुसार हिड्ने तर हामी विपी कोइरालाको पार्टीको मान्छे हौँ भन्न अब काग्रेसलाई नसुहाउँने मिश्रले बताउनुभयो।

नेपालमा गणतन्त्र , संघियता, धर्म निरपेक्षता जस्ता एजेण्डा माओवादीले दिल्लीमा बसेर नेपालमा जनयुद्ध गरेर ल्याएको भन्दै मिश्रले यि सबै कुराहरु विदेशीहरुले नेपाली माथी लादेको आरोप लगाउनुभयो । केहि दिन अघि माओवादी केन्द्रको महाधिवेशनमा पुगेर काग्रेस सभापती देउवाले प्रचण्डका बारेमा दिएको अभिव्यक्ति उपर पनि मिश्रले कडा टिप्पणी गर्नुभएको छ ।

अस्ती माओवादीको महाधिवेशनमा पुगेर देउवाले संंघियता , गणतन्त्र , धर्मनिरपेक्षता सबैको नायक प्रचण्ड भनको होइन ? त्यसो हो भने अब पार्टी कार्यालय बाट विपी कोइरालाको फोटो हटाएर प्रचण्डको फोटो राख्नुस देउवा जी , किनभने यि एजेण्डाहरु त विपी कोइरालको होइन प्रचण्डको हो अनी किन पार्टी कार्यालयमा विपीको फोटो टाँस्नुुहुन्छ ?’ मिश्रले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...