आगामी निर्वाचनमा एमालेको बहुमत आउँछ : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उनले उल्लेख गरे ।

दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यूटावरको अवलोकन पछि आज यहाँ आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर जनताले फेरि तीनै तहको निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने बताउनुभयो । “एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो”, उनले भने, “अब जनताले बहुमत दिएर एमालेलाई फेरि सिंहदरबारमा पुर्याउँछन् ।”

शनिबार गृह जिल्ला आउनुभएका अध्यक्ष ओली सोमबारसम्म दमकमा रहने बताइएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अध्यक्ष ओलीले आइतबार र सोमबार आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...