एमसीसी नेपालकाे हितमा छ : प्रधानमन्त्री देउवा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालको हितमा रहेको दावी गरेका छन् ।

आइतबार काठमाडौँमा सुरु भएको नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले एमसीसी राष्ट्रघाती नभएको बताएका छन् ।

‘राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुप¥यो एमसीसी, कहाँ छ राष्ट्रघाती ? मैले त कहीँ देखेको छैन,’ उनले भने, ‘म पनि नेपालको प्रधानमन्त्री हुँ । म नेपाल राष्ट्रको खिलापमा जाउँला ? म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ म किन । राष्ट्रघात गरौंला ।’

उनले अगाडी थपे, ‘प्रचण्डजीहरु, अरु नेताहरुसँग छलफल गरिरहेका छौँ,’ उनले भने, ‘एमसीसी नेपालको हितमा छ । सित्तै आएको पैसा हो यो । सित्तै आएको पैसा चाहिन्न भन्छ !’

‘वर्ल्ड बैंक एडीबीबाट हामी ऋण लिन्छौं, त्यसमा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ । एमसीसी सित्तै आएको छ, नेपालको कानुन मान्छु भन्या छ, तैपनि मान्दैन । राम्रोसँग बुझ्नुपर्यो क्या !’

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...