देउवा थप शक्तिशाली, केन्द्रीय समितिमा ८१ प्रतिशत



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनको काम सकिएको छ । बाँकी रहेको मतगणना बिहिबार सकिएसँगै १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनले पूर्णता पाएको छ । कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि २७ गते निर्वाचन भएको थियो ।

कांग्रेसले मंसिर २४ गते राजधानीको पार्टी कार्यालयमा महाधिवेशन उद्घाटन गरेको थियो । सभापतिको मतगणना त्यही गरेको कांग्रेसले पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना भने पार्टी कार्यालय सानेपामा गरेको थियो । सभापति चयनका लागि दुई चरणमा मतदान भएको थियो, देउवा सभापतिमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए ।

कांग्रेसमा १३४ पदका लागि निर्वाचन भएको थियो । निर्वाचनमा ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री सहित १३४ पदमध्ये सभापति शेरबहादुर देउवा पक्षले दुई तिहाई भन्दा बढी पदमा जित हात पारेको छ । पदाधिकारी र केन्द्रीय सदस्य गरी देउवापक्षका १०९ उम्मेदवार विजयी भएका छन् । इतरपक्षबाट जम्मा २३ जनामात्र निर्वाचित भएका छन् ।

यस हिसाबमा केन्द्रीय कार्यसमितिमा देउवापक्षको ८१ दशमलव ३४ पुगेको छ । सभापतिले अब ३३ जना केन्द्रीय सदस्य समावेशिताको आधारमा थप गर्न पाउने छन् । थप गरिने सदस्य पनि अधिकांश जसो देउवाले आफूपक्षबाट राख्ने छन् ।

१४ औं महाधिवेशनबाट को को भए विजयी ?

पदाधिकारी

सभापति – शेरबहादुर देउवा
उपसभापति – पूर्णबहादुर खड्का र धनराज गुरुङ
महामन्त्री– गगन थापा र विश्वप्रकाश शर्मा
सहमहामन्त्री– महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्रा पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी

केन्द्रीय सदस्यहरु

खुलातर्फ (३५ जना)

शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडु, रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजिव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे ।

महिला खुलातर्फ (९ जना)

डिला संग्रौला, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य, रंगमति शाही ।

आदिवासी जनजाति (७ महिलासहित १५ जना)

चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ, टेकप्रसाद गुरुङ, सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ ।

खस आर्य (६ महिलासहित १३ जना)

केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी, मञ्जु खाण, प्रतिमा गौतम, नानु बाँस्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना ।

दलिततर्फ (४ महिलासहित ९ जना)

मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, हरिशरण नेपाली, नृपबहादुर वड, मैकुलाल बाल्मीकी, लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विक ।

मधेशीतर्फ (४ महिलासहित ९ जना)

अजयकुमार चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, विनोदकुमार चौधरी, दिनेशकुमार यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव ।

थारूतर्फ (२ महिलासहित ४ जना)
रामजनम चौधरी, योगेन्द्र चौधरी, कल्पना चौधरी र जीवन राना ।

मुस्लिमतर्फ (१ महिलासहित ३ जना)
अब्दुल रज्जाक, अब्दुल सतार र जवेदा खातुन ।

अल्पसंख्यकतर्फ (१ जना)
प्रदीपकुमार सुनुवार

अपाङ्गता भएकातर्फ (१ जना)
मदनकृष्ण श्रेष्ठ

पिछडिएको क्षेत्रतर्फ (१ जना)
अर्जुनबहादुर सिंह

हरेक प्रदेशबाट १ महिलासहित ३–३ गरी २१ जना

प्रदेश १: अमृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू
प्रदेश २: रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव
बागमती: राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी
लुम्बिनी: देवेन्द्रराज कँडेल, चन्द्रबहादुर केसी र शिला शर्मा खड्का
गण्डकी: ध्रुब वाग्ले, कृष्णचन्द्र पोखरेल र सरस्वती अर्याल तिवारी
कर्णाली: कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह
सुदूरपश्चिम: यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...