पर्यटन मन्त्री आले र भारतीय पर्यटनमन्त्री रेड्डीद्धारा किताब जात्राको विश्व यात्रा उद्घाटन



 

 

संस्कृति, पर्यटन तथा नागरिक उ्डयनमन्त्री प्रेमबहादुर आले र भारतका संस्कृति तथा पर्यटनमन्त्री जी. किशन रेड्डीले पठन संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले थालिएको किताब जात्राको विश्व यात्रा आज बिहिबार संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ । भारतको राजधानी नयाँ दिल्लीदेखि उक्त जात्राको पहिलो अन्तर्राष्ट्रिय संस्करण संयुक्त रुपमा पहिलो अन्तर्राष्ट्रिय संस्करण उद्घाटन गरिएको हो ।

दिल्लीको इन्डिया ह्याबिटेट सेन्टरस्थित लोधीरोडमा बिहीबार जात्राको अन्तर्राष्ट्रिय संस्करण उद्घाटन गर्नु हुँदै मन्त्री आलेले भन्नुभयो, “किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण भारतबाटै सुरु हुनु संयोगमात्रै नभएर नेपाल–भारत सम्बन्धको ऐतिहासिक निरन्तरताको कडीभएको छ, नेपाल–भारत सम्बन्ध राजनीतिक–कुटनीतिकमात्रै नभएर जन–जनको सम्बन्ध ।”
नेपाल–भारत संस्कृति, कला र साहित्यबीच गहिरो सम्बन्ध तथा नेपालको आर्थिक विकासमा प्रभाव पार्ने पर्यटनका साथै धार्मिक सम्बन्ध पनि उतिकै बलियो रहेको मन्त्री आलेले जानकारी दिनुभयो । उहाँले थप भन्नुभयो, “किताब जात्राले अझै हाम्रो सम्बन्धलाई थप विस्तार गरेको छ ।” उहाँले किताब जात्राले सुरु गरेको अन्तर्राष्ट्रिय संस्करणले नेपाली साहित्य, कला, राजनीति र अर्थतन्त्रका अनेकन आयामलाई विश्वसँग जोड्न सिर्जनात्मक योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उता भारतीय मन्त्री रेड्डीले नेपाल–भारत सम्बन्ध सभ्यताको आदिकालदेखि भएकोमा जोड बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो सम्बन्ध सृष्टि र सभ्यता सुरुदेखिकै भएकाले यसलाई तोड्ने र दूरी पैदा गर्ने जति पनि प्रयास भए पनि असफल हुँदै आएको छ, हाम्रो सम्बन्ध कसैले तोड्न सक्दैन ।” नेपाल–भारत सभ्यता, संस्कृति, भावना, सन्तऋषि, खानपान, आस्थाका केन्द्रलगायत अनेकन आयाम एउटै भएको समेत मन्त्री रेड्डीले दाबी गर्नुभयो ।

गौतम बुद्धको जन्मस्थान नेपाल भएको सन्दर्भलाई बारम्बार दोहो¥याउँनु हुँदै बुद्धले ज्ञान प्राप्त गरेको भूमि नेपाल भएको कारण पनि भारतले नेपाललाई ज्ञानको मूलको रुपमा लिएको भारतीय मन्त्री रेड्डीको भनाइ थियो । सोही कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समेत नेपाल प्रिय देश बनेको उहाँले जिकिर गर्नुभयो । प्रधानमन्त्री मोदीले ज्ञान प्राप्त गर्न पशुपति, कालिगन्डकी र मुक्तिनाथ मन्दिरआसपास चार वर्ष बिताउनु भएको भारतीय मन्त्री रेड्डीले कार्यक्रममा जानकारी गराउनुभयो । उहाँले थप भन्नुभयो, “नेपाल भ्रमणका क्रममा कुनै पनि नागरिकले पशुपति, मुक्तिनाथ र जानकी मन्दिर दर्शन गर्न छुटाउनुहुन्न ।” नेपाल र भारत दुवैको पर्यटन प्रबर्द्धन गर्न भारतले रामायण सर्किटको काम अघि बढाएको समेत भारतीय मन्त्री रेड्डीले जानकारी दिनुभयो ।

त्यसका साथै बुद्ध, महाभारतजस्ता सह–सम्बन्धसहितका धार्मिक सर्किट निर्माणको परिकल्पना गर्न सकिने उहाँको भनाइ थियो । उहाँले विश्वका युवालाई जोड्न किताब जात्राले सुरु गरेको विश्व यात्रालाई थप आयाम दिन भारतमा ‘किताब जात्रा रेल सर्किट’ निर्माणको प्रस्ताव गर्नुभयो । किताब जात्रा रेल सर्किट निर्माण गरेर कार्यक्रम गर्दा रेल जति अवधिका लागि चाहिन्छ आफुहरु उपलब्ध गराउँने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो । यसै क्रममा उहाँले नेपाल भारत दुवै शक्तिशाली बन्नुपर्ने बताउँनु हुँदै त्यसका लागि समस्या समाधान गर्न र विकास गर्न साझा योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

विगत चार वर्षदेखि हरेक वर्ष नेपालमा किताब जात्रा गरिरहेको ‘किताब यात्रा फाउन्डेसन’ ले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय किताब जात्रा दिल्लीमा बिहीबार दिनभर चलेको थियो । सांस्कृतिक जनसम्बन्ध प्रगाढ रहेको छिमेकी मुलुक भारतबाट किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण सुरुवात गर्न पाउँदा खुसी लागेको लामो समयदेखि सञ्चारकर्ममा समेत सक्रिय किताब जात्रा नयाँ दिल्ली संस्करणकी संयोजक आशा थपलियाले बताउनुभयो । उहाँले भन्नुभयो, “किताब र पठनलाई केन्द्रमा राखेर गरिने जात्राले दुई देशको सम्बन्धलाई अनेकौं आयामबाट बलियो बनाउने विश्वास भारतका किताबप्रेमीले व्यक्त गरेका छन्, यो राम्रो पक्ष हो ।”

नेपाल–भारत सम्बन्ध शीर्षकमा भारतमा रहेको नेपाली राजदूतावासका कार्यवाहक राजदूत रामप्रसाद सुवेदी र एपीवान एचडी टेलिभिजनका प्रधानसम्पादक टीकाराम यात्रीले बहस गर्नु भएको थियो । भारतीय स्तम्भकार तथा लेखक अतुल के.ठाकुर, नेपालका लागि भारतका पूर्वराजदूत केभी राजन, पेङ्गुइन ¥यान्डम हाउसका वाणिज्य तथा गैराअख्यान सम्पादक मनिष खुराना, एनडिटिभीकी विदेश मामिला वरिष्ठ सम्पादक कादम्बिनी शर्मा र नेपालका वरिष्ठ फोटोपत्रकार विकास रौनियारबीच ब्लोजोमिङ लिटरेरी सिन इन नेपाल एन्ड इन्डियन पब्लिसिङ मार्केट शीर्षकमा बहस भएको थियो । नेपालको आर्थिक परिदृश्य ‘रेमिटेन्स, प्रत्यक्ष वैदेशिक लगानी एवं नेपाल भारत व्यापार’ शीर्षकमा आइएईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र रियान्डा बिज सर्भकाअध्यक्ष भरत रिजालले बहस गर्नेछन् ।

जसको सहजीकरण एपीवान एचडी टिभीका सह–सम्पादक समा थापाले गर्नु हुँने कार्यक्रम तय भएको छ । भारतीय पठन परिदृष्यमा नेपाली साहित्यबारे कलाकार तथा लेखक हरिवंश आचार्य, आख्यानकार अमर न्यौपाने र कवि नवराज पराजुलीले टीकाराम यात्रीका साथमा बहस गरिने भएको छ । किताब जात्राको अन्तर्राष्ट्रिय संस्करणको सन्दर्भमा किताब यात्रा फाउन्डेसनले यसै वर्षदेखि किताब यात्रा अनर अवार्ड प्रदान गर्ने भएको छ । उक्त अवार्ड यस वर्ष कलाकार तथा लेखक हरिवंश आचार्यलाई प्रदान गरिने निर्णय भएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले जानकारी दिनुभयो । उहाँले किताब जात्राको विश्वयात्रा युरोपको विभिन्न देशमा गरिने घोषणासमेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्ने

    सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र

रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्