रञ्जु दर्शनाले छाडिन विवेकशील साझा पार्टी



हाम्रो इकोनोमि

 

 

चर्चित नेतृ रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गर्नुभएको छ । पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन दर्शनाले पार्टी परित्याग गर्नुभएको हो ।

‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु,’ दर्शनाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । उहाँले तत्काल कुनै पार्टीमा नजाने बताउनु भएको छ । आफू एक सचेत स्वतन्त्र नागरिकको भूमिमा रहने जानकारी पनि उहाँले दिनुभएको छ ।

‘८ पुस २०७८ बाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु,’ दर्शनाको बिज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...