ओली-नेपालबीच अझै पानी बाराबार



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कुनैबेला एउटै दलमा थिए । नेपाल र दल पार्टीभित्र एउटै गुटका निकट सहकर्मी थिए । अहिले यी नेताहरुबीच पानी बाराबारको अवस्था छ ।

ओलीले माधव नेपाल सहभागी कुनैपनि बैठक बहिष्कार गर्दै आएका छन् । नेपाली काँग्रेसको १४औं महाविधेशन उदघाटनमा भने हार्न नसकेर ओली पुगे । जहाँ माधव नेपाल अतिथिरुका रुपमा निम्तो गरिएका थिए ।

एमाले महाधिवेशनमा ओलीमाथि माधव नेपालले कटाक्ष गरे । त्यसपछि उनी ओलीको भाषण नसुनी हिंडे । ओलीले पनि नेपालमाथि कटाक्ष गरे । दुई नेताले नमस्कार गर्ने र फर्काउने सम्म गरेनन् । आज डाकिएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी नहुने भएको छ । ओली माधव नेपाल सहभागी बैठकमा सहभागी हुन चाहँदैनन् । एमालेले माधव नेपाललाई फरक दलको नेताका रुपमा स्वीकार्न चाहेको छैन । ओली र माधव नेपालबीच आरोप प्रत्यारोप चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...