आगामी निर्वाचनपछि नेकपा एमाले पहिलो शक्ति हुन्छ : महासचिव पाेखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनपछि नेकपा एमाले पहिलो शक्तिको रूपमा स्थापित हुने बताएका छन् । उनले आगमी निर्वाचनपछि विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने बताएका छन् । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीका बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सत्ता गठनबन्धनका माध्यमबाट जनताको विकास र समृद्धिको नेतृत्व सम्भव नहुने भएकाले सबै पार्टीमा रहेको देशभक्त र समृद्धिका पक्षधरलााई एमालेमा एकता र प्रवेश गराउने अभियान सञ्चालन गर्ने जानकारी दिए ।

सामाजिक न्याय र लोककल्याणकारी कार्यक्रमसहित पूर्वाधार विकासका माध्यमबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गराउने क्रममा एमाले नेतृत्वको अघिल्लो सरकारले उल्लेखनीय काम गरेको बताए । महासचिव पोखरेलले महाधिवेशनका निर्वाचनका क्रममा विद्युतीय भोटिङ मेसिनको प्रयोग छिटोछरितोरुपमा परिणाम आएको र यो अभ्यास अन्य पार्टीका लागि सिकाइ हुनसक्ने बताए ।

महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पहिलो पटक अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेका थिए । गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक मङ्सिर १४ गते सौराहामा र दोस्रो बैठक मङ्सिर २५ र २६ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको थियो ।

 

 

 

दोस्रो बैठकले ४४ जनालाई मनोनयन गरेको थियो । अपानिमा तीन बैठकमा निर्णय समावेश गरिएको छ । दोस्रो बैठकले केन्द्रीय कमिटीमा मनोनयन, नेताहरुको कार्यविभाजन, पार्टी प्रवेश र महाधिवेशनको सन्देश प्रवाहका लागि योजना निर्माण, जनसङ्गठनको सुदृढीकरणलगायतका विषयमा निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...