एमाले पदाधिकारीको वरियता हेरफेर



हाम्रो इकोनोमि

 

नेकपा एमालेले पदाधिकारीको वरियताक्रममा केही हेरफेर गरेको छ । अन्तरपार्टी निर्देशन १ जारी गर्दै एमालेले पदाधिकारीको वरियतामा केहीहेरफेर भएको जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रस्ताव गरेको भन्दा केही परिवर्तन भएर वरियताको सूची अपानीमा समेटिएको छ ।शुक्रबार एमालेले जारी गरेको अपानीमा सचिवहरू मध्ये एक नम्बरमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्या अर्याल रहनुभएको छ ।

यसअघि गोकर्णराज विष्ट, योगेश भट्टराईलाई रघुवीर महासेठ भन्दा तल राखेर अध्यक्ष ओलीले प्रस्ताव गर्नुभएको थियो ।जुन विषय सञ्चार माध्यम मार्फत सार्वजनिक भएपछि नेतृत्वको आलोचना भएको थियो । यद्यपी एमालेले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीलाइ अझै पूर्व माओवादीका नेताहरू भन्दा तल राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...